नेपाल– प्रचण्डलाई आत्मसमीक्षा गर्न पोखरेलको अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल– प्रचण्डलाई आत्मसमीक्षा गर्न पोखरेलको अनुरोध


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । पार्टी एकताका लागि धेरै साथीले अनुनय विनय गरेको उनले बताएका छन् । उनले लेखेका छन्,–‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्नथाल्नुस् । माधव नेपाल र प्रचण्ड कमरेडहरू । ’

Tags :
प्रतिक्रिया दिनुहोस