प्रमुख प्रशासकीय अधिकृतलगायत छ जनालाई २४ लाख २७ हजारको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतलगायत छ जनालाई २४ लाख २७ हजारको भ्रष्टाचार मुद्दा


१९ चैत्र २०७७, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार(आज) विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासमेत छ जनाले गैरकानूनीरुपमा लाभ हासिल गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले इन्जिनियर कृष्णप्रसाद कोइराला, सब इन्जिनियर लीलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनीता देवानविरुद्ध रु २४ लाख २७ हजार ५४५ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस