पाँचथरमा करेन्ट लागेर युवकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँचथरमा करेन्ट लागेर युवकको मृत्यु


१९ चैत्र २०७७, बिहिबार


पाँचथर । करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो।

आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस