ललितपुर महानगरले ल्‍यायो ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकको स्वेच्छिक अवकाश योजना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ललितपुर महानगरले ल्‍यायो ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकको स्वेच्छिक अवकाश योजना


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ ।

महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको हो ।

महानगरले सूचना जारी गर्दै ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकले अवकाश लिन चाहे सेवा अवधिका आधारमा सुविधा दिने घोषणा गरेको छ । दरबन्दी मिलानलाई सहज बनाउन यस्तो प्याकेज प्रस्ताव अगाडि सारिएको महानगरको भनाइ छ ।

स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिनभित्र कागजातसहित महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस