चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन संघीय मामिलामन्त्री ठगुन्नाको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन संघीय मामिलामन्त्री ठगुन्नाको निर्देशन


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । चालू आर्थिक वर्ष ०७७/०७८ भित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिएका छन् ।

दुर्गम क्षेत्रका स्थानीयलाई आवतजावत गर्न सहज बातावरण मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिएका हुन् ।

मन्त्रालयले दोस्रो चौमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा मन्त्रीले सो निर्देशन दिएका हुन् । उनले अहिलेसम्मको बजेट प्रगति खर्चलाई सन्तोषजनक भनेका छन् ।

अन्तर मन्त्रालयको प्रभावकारी समन्वय हुन नसक्दा आयोजना र कार्यक्रम सञ्चालनका लागि समयमै कार्यविधि बन्न नसकेको भने मन्त्रालयले स्वीकार गरेको छ । चालू आर्थिक वर्षमा २९ अर्ब ९ करोड २६ लाख बजेट बिनियोजन गरिएको थियो । दोस्रो चौमासिक सम्म छुट्याइएको बजेटमा ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।

२०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्माओलीले पद बहाली गर्दै थिए । तर अहिलेसम्म पनि उनैका मन्त्रीहरु तुइन विस्थापन गरौ भन्दै निर्देशन दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस