नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर


एजेन्सी

१९ चैत्र २०७७, बिहिबार


लागोस । नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले बिहीबार पुष्टि गरेको छ ।

उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन् ।

विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उनले बताए । समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन ।

विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् ।

विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले जानकारी गराए ।

विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोवस्तीका सामान लिएर गएको उनले बताए । उनले विमानको खोज र उद्धार प्रयास जारी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस