घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक : योगेश भट्टराई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक : योगेश भट्टराई


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ। नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए ।

पार्टीले सोधेको स्पष्टीकरण ढिलो गरी बुझाएको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरिएको बिहीबार सार्वजनिक गरिएपछि भट्टराईले सो प्रतिक्रिया दिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको असन्तुष्ट समूहका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावललाई यसअघि नै ६ महिना निलम्बन गरेको घोषणा गरेका थिए।

यसबारे ट्वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’ उनले अघि लेखेका छन्, ‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

 

 

Tags :
प्रतिक्रिया दिनुहोस