१६ दिनमै सकियो ‘ए साथी सुन’ को छायाँकन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१६ दिनमै सकियो ‘ए साथी सुन’ को छायाँकन


प्रशासन संवाददाता

१९ चैत्र २०७७, बिहिबार


काठमाडौं । हेटौंडाबाट सुरु भएको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सकिएको छ । नायिका वर्षा सिवाकोटी अभिनित चलचित्र ‘ए साथी सुन’ को छायाँकन यहि चैत ३ गतेदेखि सुरु भएको थियो । उक्त चलचित्रको छायाँकन १६ दिनमा बुधवार हिजो इन्डक्ल्याप भएको हो ।

अब एउटा गीतबाहेक चलचित्रको सम्पूर्ण छायाँकन सकिएको वर्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी छिन् । कम समयमा राम्रो काम सकाएर फिल्मको सेटबाट विदा लिएको उनले जानकारी दिएकी छिन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको उक्त चलचित्रलाई निर्देशक राघव आचार्यले निर्देशन गरेका हुन् भने, यस चलचित्रमा विना कार्कीको एकल लगानी रहेको छ ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सो चलचित्रबाट भने, नायकको रुपमा रमेश बाँनियाले डेब्यू गर्दैछन् । अहिलेको यो परिस्थीति सामान्य भएपछि चलचित्र रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ । नायिका वर्षाको भने चलचित्र ‘परदेशी २, मनसँग मन र लक्का जवान’ रिलिजको प्रतिक्षामा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस