बाबुराम भट्टराई भन्छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खाँदैन’ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाबुराम भट्टराई भन्छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खाँदैन’


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ। जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपा सरकारमा जाने कुरासँग बन्दी रिहाइको कुरा जोडेर नहेर्न आग्रह गरेका छन् ।

भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका गरेका हुन् ।

उनले सामाजिक संजालमा ट्वीट गर्दै आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस-कम्युनिष्ट पञ्चायत छिरेका थिए ? भनेर प्रश्न पनि तेर्साएका छन् ।

उनले लेखेका छन्, ‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेता-कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस–कम्युनिष्ट पञ्चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न !चेतना भया !’

 

Tags :
प्रतिक्रिया दिनुहोस