निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित


१९ चैत्र २०७७, बिहिबार


सिन्धुली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २७५ जना लाभान्वित भएका छन् ।

केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरेको थियो ।

यता जिल्लाको तीनपाटन गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ । तीनपाटन गाउँपालिका आयुर्वेदिक शाखाले नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, खानपानको स्तर, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता के–कति छ भनी स्वास्थ्य परीक्षण गराउने गरिएको छ । साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधि तथा भिटामिन वितरण गरिएको आयुर्वेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत वडा नं १० का ६० वर्षभन्दा माथिका २२० ज्येष्ठ नागरिकले सेवा लिएका छन् । तीनपाटन–९ का २५०, वडा नं ५ का २३५, वडा नं ६ का ३४० ज्येष्ठ नागरिकले सुविधा लिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस