नेप्से परिसूचक २६.४८ अंकले वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से परिसूचक २६.४८ अंकले वृद्धि


प्रशासन संवाददाता

१९ चैत्र २०७७, बिहिबार


शेयर बजार

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार (आज) नेप्से परिसूचक प्री ओपन सेसनमा २६.४८ अंकले बढेको छ । अहिले नेप्से परिसूचक २६४५.५० विन्दुमा कारोबार भइरहेको हो ।

आज प्री सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ। बुधबार (आज) नेप्से परिसूचक २६१९.०२ विन्दुमा बन्द भएको थियो ।

बिहीबार (आज) प्रि ओपन सेसनमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँ बराबरको २२ हजार ४०८ कित्ता शेयर खरिदबिक्री भएको हो । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस