साँझ ६ बजे सिंहदरवारमा बोलाइयो मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साँझ ६ बजे सिंहदरवारमा बोलाइयो मन्त्रिपरिषद् बैठक


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । आज सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रायः बालुवाटारमा बस्ने गरेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारमा बोलाएका हुन् ।

बैठक साँझ ६ बजे बोलाइएको छ ।

भूकम्प पुनः निर्माण पछि नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय सरेपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

फागुन ३ गते रेट्रोफिटिङ गरेको कार्यालय प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस