फ्रान्समा चार हप्ता लकडाउन घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फ्रान्समा चार हप्ता लकडाउन घोषणा


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने तथा मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न भनेका छन् । अत्यावश्यक कामबिना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ । राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएका छन् ।

राष्ट्रपति म्याक्रोको सन्देशमा कोरोना संक्रमण बढ्दो क्रममा भए पनि यसलाई रोक्न अप्ठ्यारो नभएको र फ्रान्सीसी नागरिकलाई नडराउन आह्वान गरिएको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस