स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

२०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारी उपर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

सार्वजनिक लेखा समितिको ३ पुसमा बसेको बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैतमा ओम्नी बिजनेस कर्पोरेसनसँग गरेको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको थियो ।

सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस