नागरिकलाई केन्द्र बनाएर सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई मन्त्री आलेको निर्देशन « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

नागरिकलाई केन्द्र बनाएर सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई मन्त्री आलेको निर्देशन


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयबाट सञ्चालन भइरहेका सम्पूर्ण योजनाको ठोस परिणाम देखाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

आज मन्त्रालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उनले भने, ‘मन्त्रालयबाट जति योजना शुरु भएका छन्, यसलाई चाँडो सम्पन्न गरी ठोस परिणाम दिनुस् ।’

नागरिकलाई केन्द्र बनाएर सार्वजनिक सेवा प्रवाह गर्न पनि मन्त्री आलेले मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले वन फँडानीका कारण उत्पन्न नागरिक र वन्यजन्तुबीचको न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले वन्यजन्तुका कारण नागरिकलाई दिनहुँ समस्या भइरहेको जनगुनासो बढेकाले त्यस क्षेत्रमा क्षतिपूर्तिका लागि तत्काल राहतको व्यवस्था गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस