कोरोना सङ्क्रमण जोखिम बढेपछि बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना सङ्क्रमण जोखिम बढेपछि बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द


१८ चैत्र २०७७, बुधबार


बर्दिया । बर्दियाको सुरजपुरबाहेक जिल्लाका सबै नाका बन्द गरिएको छ । भारतमा फैलिएको कोरोना महामारीका कारण काम गर्न गएका नेपाली स्वदेश फर्कन थालेपछि स्थानीय प्रशासनले नेपाल–भारत सीमा जोडिएको एउटाबाहेक सबै बन्द गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार सदरमुकाम गुलरियास्थित सुरजपुरबाहेक अन्य नाकाबाट आउजाउ गर्न रोक लगाएको छ । नाकामा हेल्थ डेस्क राखिएको छ भने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलसहितको टोली परिचालन गरिएको छ ।

प्रजिअ सुनारका अनुसार सङ्क्रमण भएकालाई तत्काल एम्बुलेन्समा राखेर क्वारेनटाइनमा पठाइनेछ । नेपाल फर्कने नागरिकलाई स्वास्थ्य परीक्षण र पिउने पानीको व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस