विवादमा आएका विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवादमा आएका विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहका एमडी, एमएस तथा एमडीएसका विद्यार्थीहरूको नयाँ योग्यताक्रम प्रकाशित गरेको छ। नयाँ योग्यताक्रम अनुसार उनीहरूका लागि खुल्ला तर्फको रिक्त सिटहरूमा प्राथमिकता निर्धारण गर्ने निर्णय पनि आयोगले गरेको छ।

आयोगले बुधवार सूचना जारी गर्दै सर्वोच्चको अन्तरिम आदेश अनुसार १५ जना विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित गरेको हो। यसरी योग्यताक्रम सार्वजनिक गर्ने क्रममा आयोगले ती विद्यार्थीहरूको दुर्गम क्षेत्र बापतको अङ्क घटाई राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम १६ र अनुसूची ५ अनुसार अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत मात्रको अङ्क प्रदान गरी नयाँ योग्यताक्रम निकालेको हो।

आयोगले सर्वोच्चमा निवेदन दिएका १५ जना विद्यार्थीहरूको पुनस् म्याचिङ गर्नका लागि चैत १९ देखि २१ गतेसम्ममा प्राथमिकता निर्धारण गर्न भनेको छ। आयोगले सो समयभित्रमा प्राथमिकता निर्धारण नगर्ने उम्मेदवारहरूलाई म्याचिङमा स्वतः समावेश नगरिने पनि जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस