अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि ती अस्पतालहरूलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै कोरोना सङ्क्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

२०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्याङ्क स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस