मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बीएएलएलबीको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बीएएलएलबीको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश


१८ चैत्र २०७७, बुधबार


सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै रद्द गरी चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।

कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उतीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दिएका थिए । उनीहरुले पहिलेकै प्रवेश परीक्षाको नतिजालाई मान्यता दिन र पुनस् प्रवेश परीक्षा रोक्न माग गरेका थिए ।

विद्यार्थीहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस