जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ – जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।

त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए ।

मन्त्रालयले संघ अन्तर्गतका प्रादेशिक अस्पताल, संघीय अस्पताल तथा सबै आधारभूत अस्पतालमा कोभिड–१९ को उपचार गर्ने व्यवस्थापन गर्ने त्यसको शोध भर्ना गरिने जनाएको छ ।

बैठकले प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाइएको रकमबारे हरेक प्रदेशले प्रतिवेदन पठाउने र आवश्यकता अनुसार थप रकम माग गर्न सक्ने निर्णय गरेको छ । साथै निकासा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्राललाई पत्राचार गर्ने भनिएको छ ।

२००० हाइडिपेन्डेसी युनिट (एचडियु) बेडको स्थापना तथा सञ्चालनका लागि स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले हरेक प्रदेशलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस