अख्तियारकी आयुक्त सावित्री गुरुङको अवकाश, २ आयुक्तको पद खाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अख्तियारकी आयुक्त सावित्री गुरुङको अवकाश, २ आयुक्तको पद खाली


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङले अवकाश लिएकी छिन् । आफ्नो ६ बर्षको कार्यकाल पुरा गरेर उनले बुधवारदेखि अवकाश पाएकी हुन् ।

बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा प्रमुख आयुक्त प्रेम कुमार राईले उनलाई विदाई गरेका हुन् । ०७१ चैत १९ मा संवैधानिक परिषद्ले उनलाई आयुक्त नियुक्त गरेको थियो । डा. गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त समेत हुन ।

गुरुङको अवकाश सँगै आयोगमा २ आयुक्तको पद खाली हुने भएको छ । यसअघि प्रेम कुमार राईलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्त नियुक्त गरेपछि कार्यवाहक प्रमुख डा. गणेशराज जोशीले राजीनामा दिएका थिए ।

कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै उनले राजीनामा दिएपछि खाली भएको पदमा पनि नियुक्ती गर्न बाँकी छ । जोशी र गुरुङ दुबै जना ०७१ चैतमा आयुक्त नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस