एटिएम ह्याक गरी पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एटिएम ह्याक गरी पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक पक्राउ


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ। एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौँ परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो।

ज्याठास्थित मेगा बैङ्कको एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनको साथबाट मोबाइल ४ थान, विभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैङ्कको १० थान एटिएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस