सुगम पोखरेलको ‘मेरो माया करोडमा’ को गीतमा टिकटक प्रतियोगिता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुगम पोखरेलको ‘मेरो माया करोडमा’ को गीतमा टिकटक प्रतियोगिता


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौं–गायक सुगम पोखरेल तथा गायिका सोना अमात्यको स्वरको नयाँ यूगल गीत ‘मेरो माया करोडमा’ ले टिकटक प्रतियोगिता सञ्चालन गरेको छ ।

दुई दिन अघिदेखि प्रारम्भ भएको उक्त प्रतियोगिता वैशाखको पहिलो सातासम्म सञ्चालन हुनेछ ।

दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतको टिकटक प्रतियोगितामा सहभागिता जनाउन उक्त गीतको कुनै पनि अंशमा टिकटक गर्नु पर्ने नियम बनाएको छ ।

त्यसबाहेक टिकटक पोस्ट गर्दा गीतकी गायिका सोना अमात्यलाई मेन्सन गर्नु पर्नेछ र ती टिकटक भिडियोहरु सोसियल मेडियाबाट पार्टीसिपेन्ट नम्बरसहित आयोजक टिमले शेयर गर्नेछन् ।

विजेतालाई स्मार्टफोन दिइने बताइएको छ भने, आगामी म्युजिक भिडियोमा अभिनय समेत गराइने बताइएको छ ।

प्रतियोगिताको विजेताको घोषणा गायिका अमात्यको नयाँ गीत सोच बेलैमा…को सार्वजनिककरण कार्यक्रममा गरिने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस