३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा (अन्तिम नामावली) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा (अन्तिम नामावली)


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको हाे ।

अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। गजेन्द्र सिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल अध्यक्ष पदका उम्मेदवार छन् । यस अघि मनोनयन गरेका दीपक पाठकले उम्मेदवारी फिर्ता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि माधव नेपाल, रामप्रसाद विष्ट र रामजी दाहाल छन् । यस पदका लागि उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएका छन् ।

महिला तर्फ उपाध्यक्षमा दाना केसी र बाला अधिकार, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंहको उम्मेदवारी रहेको छ ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले उम्मेदवारी फिर्ता लिएका छन् ।

खुला तर्फ सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस