घाँस काट्न गएका ७ बालिका र किशोरी बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घाँस काट्न गएका ७ बालिका र किशोरी बेपत्ता


१८ चैत्र २०७७, बुधबार


बालक बेपत्ता

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो घाँस काट्न गएका सातै जना बुधवार विबहानसम्म पनि घर फर्केका छैनन् । गाउँका ७ जना बालिका र किशोरी एकपटक वेपत्ता भएपछि गाउँ नै त्रसित बनेको प्रहरीले जनाएको छ ।

बेपत्ता सातै जनाको खोजी कार्य भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस