प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुने छ ।

आजको बैठकमा पूर्व मन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।

यसअघिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस