तोकिएको स्थानमा नजाने स्वास्थ्यकर्मीको नामावली सार्वजनिक, ३ दिन भित्र सम्पर्कमा नआए कारबाही « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तोकिएको स्थानमा नजाने स्वास्थ्यकर्मीको नामावली सार्वजनिक, ३ दिन भित्र सम्पर्कमा नआए कारबाही


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले खटाइएको स्थानमा नजाने ३० कर्मचारीको नामावली प्रकाशन गर्दै तीन दिन भित्र सम्पर्कमा नआए कारबाही गर्ने चेतावनी दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुरोधमा चीन र भारतसँग सीमा जोडिएका नेपाल प्रवेश गर्ने प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महामारीजन्य रोगहरूको पहिचान तथा निराकरणका लागि तोकिएको कामकाजका लागि ४८ जना खटाएकोमा ३० जना सम्पर्कमा नआएको भन्दै तीन दिने सूचना जारी गरेको थियो ।

फाजिलमा रहेका ती कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँदेखि काकरभिट्टा, रानी, माडर, गौर, वीरगन्ज, बेलहिया, कृष्ण नगर, कपिलवस्तु, जमुनाह, गौरीफन्टा, तातोपानीलगायत सीमा क्षेत्रमा खटाएको थियो ।

त्यसो त अरुबेला सुतेर बस्ने र जब समस्या आउँछ तब तात्ने स्वास्थ्य सेवा विभागअन्तरगतका निकायहरूको पुरानै बानी हो । वर्षौँ वितिसक्दासमेत अझै समायोजन टुङ्गो लगाउन नसकेको मन्त्रालयले आफ्ना के कति कर्मचारी कुन अवस्थामा छन् भन्नेसमेत यकिन गर्न नसकेको मात्रै छैन, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको उचित र सही व्यवस्थापन गर्न नसकेको मन्त्रालय स्रोत बताउँछ । उच्च पदस्थहरूको ध्यानै कार्यक्रम तथा खरिदमा हुन थालेपछि स्वास्थ्य क्षेत्र लथालिंङ हुँदै गएको ती कर्मचारीको भनाई छ ।

 

No photo description available.

No photo description available.

No photo description available.

Tags :
प्रतिक्रिया दिनुहोस