जिल्ला प्रशासन ललितपुरका चार कर्मचारी कम्प्युटर अपरेटरमा बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन ललितपुरका चार कर्मचारी कम्प्युटर अपरेटरमा बढुवा सिफारिस


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरका चार कर्मचारी कम्प्युटर अपरेटर पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनालाई कम्प्युटर अपरेटर पदमा बढुवा सिफारिस गर्ने निर्णय गरिएको हो ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले नेपाल विविध सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी कम्प्युटर अपरेटर पदमा संगिता कुमारी सापकोटा, दिवस मोते, प्रभात कुमार मल्लिक र डिल्लीरमण देवकोटालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि कुनै पनि सम्भावित उम्मेदवार नभएको समितिले जनाएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस