नेपाल बङ्गलादेश बैङ्कको एनबी अनलाइन कार्ड सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल बङ्गलादेश बैङ्कको एनबी अनलाइन कार्ड सञ्चालनमा


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन्।

उक्त कार्डबाट ग्राहकहरूले भारत बाहेकका मुलुकहरूबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन्।

बैङ्कले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि विदेशबाट मगाइने आइ–२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ।

साथै सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ।

हालसम्म बैङ्कले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस