खनाल-नेपाल समूहको रणनीति : कारबाही नमान्ने, नयाँ पार्टी पनि नबनाउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खनाल-नेपाल समूहको रणनीति : कारबाही नमान्ने, नयाँ पार्टी पनि नबनाउने


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ। नेकपा एमालेको खनाल-नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गर्दै भएको कारबाही विधान विपरीत रहेको र उक्त कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने रहेको यो समूहको निष्कर्ष छ ।

आज मंगलबार बसेको खनाल नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ । सो समुहले पार्टी अध्यक्ष ओलीले नै विधान विपरीत कामगरेको भन्दै उक्त कारबाही कुनैपनि हालतमा स्विकार नहुने निष्कर्षमा पुगेका हुन् ।

अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।

अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।

आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने उनले जानकारी दिए । यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस