लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी रहेका छन् ।

दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताए

गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस