शुक्लाफाँटामा पाटे बाघको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शुक्लाफाँटामा पाटे बाघको मृत्यु


१७ चैत्र २०७७, मंगलबार


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।

‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ’, उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दैछौँ।’उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस