ग्यास लिक हुँदा रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्यास लिक हुँदा रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


बागलुङ । जिल्ला सदरमुकामको मुख्य बजारको एक रेष्टुरेन्टमा आगलागी भएको छ। बानपा–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा मंगलबार दिउँसो अचानक आगलागी भएको हो।

रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

किचनमा ग्यास लिक भइ आगालागी भएको अनुमान गरिएको छ। आगलागीबाट किचन पूर्ण रुपमा क्षति भएको छ भने नगद र जिन्सीसमेत गरी १० लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक हवारीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस