सानु शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने एमालेको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सानु शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने एमालेको निर्णय


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा एमालेले सानु शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने निर्णय गरेको छ । निर्वाचन आयोगको बन्द सूचीमा रहेकी जानकी देवीलाई सांसद बनाउने एमालेको चैत सात गते बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो ।

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा ‘जानकी देवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको’ उल्लेख छ ।

त्यसैगरी निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बन्द सूचीको उम्मेदवारमा समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले निजको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पनि बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस