होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु, ६ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु, ६ जना घाइते


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


बारा । कलैया उपमहानगरपालिका २३ भथौडामा होली खेल्ने क्रममा झै झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

झै झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोस्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ ।

झै झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस