प्रधानमन्त्री ओलीलाई घनश्याम भुसालको ११ पन्ने स्पष्टीकरण(पत्रसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीलाई घनश्याम भुसालको ११ पन्ने स्पष्टीकरण(पत्रसहित)


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ। नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ ११ पेजमा बुझाएका छन् । भुसालले मंगलबार पत्र बुझाउँदै प्रधानमन्त्री ओलीका कारण एमाले आन्दोलन विसर्जनतर्फ अघि बढेको आरोप लगाएका छन् ।

उनले पत्रमार्फत भनेका छन्, ‘तपाईं असहिष्णु हुनुहुन्छ । तपाईंसँग असहमत दोस्रो पुस्तालाई त तपाईंले किनारा लगाइ नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ ।’

‘तपाईंसँग अहिले दोस्रो पुस्ताको जुन समूह छ, त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भइसकेका छन् । उनीहरू जे गर्छन्, राजनीतिको व्यापार गर्छन् । त्यसबाहेक केही कमरेडहरू लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर संघर्ष गरेर आएका हुन् । तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो । तर, तपाईंका असहिष्णु छायामुनि टाक्सिँदै गएर उनीहरू केवल तपाईंका आदेशपालक जमातमा परिणत हुँदै गएका छन् ।’

यस्तो छ स्पष्टीकरणपत्र

Tags :
प्रतिक्रिया दिनुहोस