प्रहरी कल्याण कोषको सीएमा आर्जन अधिकारी सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी कल्याण कोषको सीएमा आर्जन अधिकारी सिफारिस


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल प्रहरी कल्याण कोषको पूर्णकालीन सीएमा आर्जन अधिकारीलाई सिफारिस गरिएको छ ।

कोषले पहिलो पटक ५ कात्तिक र दोस्रो पटक २५ माघमा प्रकाशित गरेको सूचना अनुसार लिखित र अन्तर्वार्ताबाट एक नम्बरमा नाम निकाल्न सफल भएका अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

कोषले सोमबार नतिजा प्रकाशित गरेको थियो । वैकल्पिकमा रवीन्द्र पाण्डे र अङ्कित अर्याल रहेका छन् । कोषले प्रहरी सङ्गठनका बहालवाल र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरू र अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्र लगायत अन्य विविध कल्याणकारी क्षेत्रहरूमा समयानुकूल सेवा दिँदै आएको छ ।

हाल कोषबाट शैक्षिक वृत्ति मिनाहा, छात्रवृत्ति, ज्येष्ठ प्रहरी निवृत्तिभरण, सीपमूलक तालिम, विशेष आर्थिक ऋण, किरिया कर्म अनुदान, किस्ताबन्दीमा घरायसी सामान खरिद सहयोग, दुर्घटना क्षतिपूर्ति राहत, औषधि उपचार अनुदान, पूर्व प्रहरीलाई रोजगारीका अवसर दिनेजस्ता कार्यक्रम सञ्चालनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस