पूर्व कप्तान महर्जनले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व कप्तान महर्जनले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा


१७ चैत्र २०७७, मंगलबार


काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । उनले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् ।

उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ । सोमबार प्रधानमन्त्री ओलीले उनलाई मायाको चिनो दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस