सुर्खेतमा पानीका मुहान सुक्न थालेपछि ‘बुलबुले ताल’ मा नुहाउनेको ताँती « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुर्खेतमा पानीका मुहान सुक्न थालेपछि ‘बुलबुले ताल’ मा नुहाउनेको ताँती


१७ चैत्र २०७७, मंगलबार


कर्णाली ब्युरो । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा नुहाउनेको दिनहुँ ताँती नै लाग्ने गरेको छ । सुर्खेत उपत्यकामा धाराको पानी दिन बिराएर आउने र कुवाको पानी सुक्न थाले पछि तालमा नुहाउनेको ताती लाग्न थालेको बुलबुले ताल व्यवस्थापनका इन्चार्ज चेतानन्द अर्यालले बताए ।

अर्यालका अनुसार पाँच सयदेखि छ सयसम्म दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् । तालमा सयदेखि दुई सयसम्म दिनहुँ नुहाउने मानिसको ताँती रहेको हुन्छ ।

तालको दक्षिण पट्टी रहेका पाँच वटा धारामा पुरुष र पूर्व पट्टी रहेका पाँच वटा धारामा महिलालाई नुहाउने व्यवस्थापन रहेको छ ।

‘तालको पानी चिसो छ, नुहाउँदा आनन्द आउँछ, गर्मी मौसम, सुर्खेत उपत्यकामा धारा र कुवाको विकल्पमा बुलबुले ताल नै रहेको छ’ नुहाउने काम सकेका वीरेन्द्रनगर– १२ का किरण क्षेत्रीले प्रशासनलाई बताए ।

कोरोना सङ्क्रमणले गत २०७६ चैत्रदेखि विदेशी पर्यटक बुलबुले तालमा शून्य रहेका छन् । तर असोजदेखि यता ‘रारा ताल’ घुम्न आउने पर्यटक भने बुलबुले ताल घुमेरै गएका छन् । यस तालको व्यवस्थापन थप गर्न सके, पर्यटन प्रवर्द्धन हुने बुलबुले ताल व्यवस्थापक इन्चार्ज अर्याल बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस