फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज सर्वोच्च अदालत जाँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज सर्वोच्च अदालत जाँदै


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा विवादबारे सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज अदालत जाने तयारीमा छ । फागुन २३ गते सर्वोच्चले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज (मङ्गलवार) पुनरावलोकनका लागि अदालत जाने तयारी गरेको हो ।

आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्ने स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

कानुन व्यवसायीहरूले पनि सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जान सकिने सुझाव दिएका थिए । माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत नै निर्णय गरेर पुनरावलोकनमा जान लागेको एक नेताले बताए ।

यता नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम बहादुर रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि कारबाही गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस