देशभरका कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशभरका कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले देशैभरका पार्टी कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गरेका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि नेता नेपाल आक्रोशित भएका हुन् ।

नेता नेपालले ओलीविरुद्ध अभियान चलाइने भन्दै देशै भरका पार्टी कार्यकर्ताहरूलाई मैदानमा उत्रन भनेका हुन् । उनले ओलीलाई पार्टी अध्यक्ष नै नरहेको भन्दै कारबाही गर्ने कुनै अधिकार नरहेको पनि जिकिर गरेका छन् ।

नेता नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ ।’

ओलीले आफैँले केन्द्रीय कमिटी भङ्ग गरिसकेकाले कारबाही गर्ने अधिकार नभएको उनको भनाइ थियो।

सोमबार अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए। ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।

पार्टी अध्यक्षको यस्तो निर्णयले नेपाल खनाल पक्षका कार्यकर्ताहरू पनि आक्रोशित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस