संसदीय दलको नेतामा जम्मकट्टेल « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

संसदीय दलको नेतामा जम्मकट्टेल


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

साेमबार सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस