योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश


१७ चैत्र २०७७, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले साेमबार उक्त अन्तरिम आदेश जारी गरेको हो । नियमावलीको व्यवस्थाअनुसार योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरी म्याचिङसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु’ आदेशमा भनिएको छ ।

आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमाली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत के कति अङ्क प्रदान गर्नुपर्ने हो हेरी निजहरुलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ ।

चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुनः अध्ययन गरेर आयोगलाई नियमावली बमोजिम अङ्क पाउने भएमा अङ्क प्रदान गरेर पुनःयोग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस