सर्वोच्चको न्यायाधीशमा सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीश विरुद्ध सात उजुरी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चको न्यायाधीशमा सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीश विरुद्ध सात उजुरी


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका दुई जना उच्च अदालतका मुख्य न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् ।

समितिले सूचना जारी गरेको अन्तिम दिन सोमबार साँझसम्म सात वटा उजुरी परेका संसदीय सुनुवाइ समितिले जनाएको हो ।

समितिका अनुसार न्याय परिषद्ले सिफारिस गरेका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी विरुद्ध पाँच वटा र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडाल विरुद्ध दुई वटा उजुरी परेका छन्।

सुवेदी विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी लगायत पाँच जनाले उजुरी दिएका छन् भने चुँडाल विरुद्ध पनि दुई जनाले उजुरी दिएका छन् । चुँडाल विरुद्ध उजुरी हालेका उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न भनेको समितिले जनाएको छ ।

सोमबार साँझ उजुरी दिने समय सीमा सकिएसँगै तीन दिन पछि अर्थात् चैत १९ गते संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । १९ गते बस्ने बैठकमा उजुरी हेरफेर हुने, न्यायाधीशमा सिफारिस भएका व्यक्तिले पेस गरेको कार्य योजना हेरिने र उजुरीकर्तालाई बोलाउने मिति तोकिने जनाइएको छ ।

न्याय परिषद्को फागुन २८ गते बसेको बैठकले सुवेदी र चुँडाल लाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्ले सिफारिस गरेपछि चैत एक गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएका व्यक्तिका सम्बन्धमा उजुरी गर्न संसदीय सुनुवाइ समितिले सर्वसाधारणका लागि सूचना जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस