सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरूलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको छ ।

भारतीय सीमा क्षेत्रमा कोरोना पोजेटिभ भएकाहरू सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरूको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रूपमा राख्न सोमबार सूचना जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस