प्रहरीले मापसेसँगै अब लागू औषध सेवनको पनि परीक्षण गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीले मापसेसँगै अब लागू औषध सेवनको पनि परीक्षण गर्दै


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । प्रहरीले र्‍यापिड टेस्ट किटबाट मादक पदार्थ सेवन (मापसे) सँगै लागू औषध सेवन परीक्षण सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारदेखि र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकको लागू औषध सेवनको परीक्षण सुरु गरेको हो ।

प्रहरीले आइतबार ललितपुरका १३ स्थानमा ७ जनामा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको जनाएको छ ।

यसअघि मादक पदार्थ सेवन मात्र चेकिङ मात्र हुँदै आएकोमा सवारी चालकले मादक तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु दुर्घटना बढ्नुको एक कारण रहेको भन्दै र्‍यापिड टेस्ट गरी लागू औषध परीक्षणको सुरुवात गरेको जनाएको छ ।

र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र अन्य लागू औषध प्रयोग गरेको पत्ता लगाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस