शहरी विकासका कर्मचारीलाई साढे ३७ लाख घुस दिने खतिवडालाई भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहरी विकासका कर्मचारीलाई साढे ३७ लाख घुस दिने खतिवडालाई भ्रष्टाचार मुद्दा


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण तथा थप कामको लागि कार्यालय प्रमुख बस्नेतलाई घुस दिएका अख्तियारले जनाएको छ ।

खतिवडाले बस्नेतको बैङ्क खातामा पटक पटक रकम हालिदिएको प्रमाणको आधारमा अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बस्नेतविरुद्धको मुद्दामा खतिवडालाई साक्षीका रूपमा प्रयोग गरेकोमा उनले विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको बयान कागजको ब्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल बकपत्र गरेकोले उनी विरुद्ध पनि मुद्दा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

घुस लेनदेन मुद्दामा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतविरुद्धको मुद्दा पनि विशेष अदालतमा विचाराधीन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस