त्रिविमा पठनपाठन बन्द, परीक्षा भने यथावत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिविमा पठनपाठन बन्द, परीक्षा भने यथावत


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन बन्द गर्ने भएको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक सुचना जारी गर्दै विद्यालयको सम्पुर्ण पठनपाठन बन्द गरिने जानकारी गराएको छ । त्रिविले पुर्व निर्धारित कार्यतालिका अनुसार संचालन गरिरहेको परीक्षा भने जारी रहने जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै वायु प्रदूषणका कारण भन्दै चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस