माधव नेपाल र भीम रावल ६ महिनाका लागि एमालेबाट निलम्बित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माधव नेपाल र भीम रावल ६ महिनाका लागि एमालेबाट निलम्बित


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको चैत ७ गतेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेका हुन् ।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्।

यद्यपी पर्टी अध्यक्ष ओलीले नेपाल र रावललाई सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत पत्रमा उल्लेख गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस