गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

वार्ता टोलीको सदस्यहरूमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी रहेका छन्।

टोलीले सोमबारदेखि नै वार्ता शुरू गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र आठ प्रहरीको हत्या भएको घटनामा संलग्नताको आरोपमा रेशम चौधरी लगायत थुनामा छन्।

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद चौधरीको रिहाइलाई शर्त बनाएपछि सरकारले यो विषयमा छलफल गर्न टोली गठन गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस